Home / Projects / Rotaract District Conference

Rotaract District Conference - RAC Tinau City

Rotaract District Conference
2075-10-5 / 2019-01-19  |  
Venue : Dream Land Gold Resort
Objectives :

Creating Spaces for Youth

Jointly with : Rotaract CLUB OF BUTWAL ,Rotaract Club Bhairahawa,Rotarct Club of Thems International College,Rotaract Club of Kapilbastu MidTown

Beneficiaries:

All Rotaractors

Project Detail


रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गत रोट्रयाक्ट डिष्ट्रिकको ११ औँ डिष्ट्रिक कन्फ्रेन्स  सम्पन्न भएको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा २ दिन सम्म चलेको सम्मेलनले वर्ष २०१९÷२० का लागि स्नेहा शाक्यको नेतृत्वमा नयाँ कार्य समिती चयन गर्दै ११ औँ कन्फ्रेन्स  सम्पन्न भएको हो । 

कन्फ्रेन्सको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभएको हो । पहिलो दिन युवाहरुको व्यक्तिव विकास तथा क्षमतको प्रदर्शन लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव प्रसाद ढुंगेल, डिष्ट्रिक गभर्नर चिन्तामणि भट्टराई, रोटरी क्लव जोन १९ का एजि एजाज आलम, रोटरी क्लव जोन २० का एजि राजेन्द्र ढकाल लगाएतले बोलेका बोल्नुभएको थियो । 

यसैगरी दोस्रो दिन युवाहरुका लागि स्थान सिर्जना भन्ने थिममा आधारित रहेर छलफल भएको थियो । दोस्रो दिनको सेसनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन थापाले युवाहरुले आफ्नो स्थान आफै खोज्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो – “समाजमा आफ्नो स्पेश आफै क्रिएट गरौ ।” उहाँले रोट्रयाक्ट संस्थाले समाजमा गरेका विभिन्न रचनात्मक कार्यहरु प्रति प्रशंसा गर्नुभयो । पुर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका थापाले राजनितीमा युवाहरुको खाँचो रहेको समेत अ‍ैल्याउनुभयो । 

कार्यक्रममा नेकपाका नेता रहबर अन्सारी, चर्चित सन्चारकर्मी रुपेश श्रेष्ठ,बाल अधिकारकर्मी  बिपना शर्मा लगायत सम्पुर्ण रोट्रयाक्टरहरुका बिचमा प्यानल डिस्कसन भएको थियो । प्यानलमा देशमा युवाहरुको स्थान के–कस्तो छ भन्ने बिषयमा छलफल गरिएको थियो । यस्तै डिष्ट्रिक गभर्नर नोमिनी राजिब पोखरेलले रोटरीको ईतिहास, रोटरीको सफलतामा रोट्रयाक्टको महत्वपुर्ण भुमिका लगायतका विषयमा चर्चा गर्नुभएको थियो । 

माघ ४ र ५ गते भएको कन्फरेन्समा प्रेसिडेन्ट ईलेक्ट,डाईरेक्टर लगायत नेतृत्व र व्यक्तित्व क्षमता विकाशका लागि छुट्टा छुट्टै सेसनमा तालिम समेत प्रदान गरिएको थियो । कन्फरेन्स रोट्याक्ट क्लव अफ बुटवल, रोट्याक्ट क्लव अफ तिनाउ सिटी, रोट्याक्ट क्लव अफ भैरहवा, रोट्याक्ट क्लव अफ कपिलबस्तु मिड टाउ र रोट्याक्ट क्लव अफ थेम्स ईन्टरनेशनल कलेजको व्यवस्थापनमा सम्पन्न भएको हो ।

११ औँ डिष्ट्रिक कन्फ्रेन्समा बोल्दै डिष्ट्रिक रोट्रयाक्ट रेप्रिजेन्टेटिभ सौगात गौतमले डिष्ट्रिकले गरेका कार्य र अब गर्ने कार्य योजना लगायतका विषयमा प्रकाश पार्नुभएको थियो । गौतमले अबको सेकेन्ड प्रेसिडेन्ट सेक्रेटरी मिट एप्रिल ६ तारिख इलाममा हुने जानकारी गराउनुभयो । जसमा रोट्रयाक्ट क्लव अफ बिराटनगर डाउनटाउन, रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउन, रोट्रयाक्ट क्लव अफ डिल्लीबजार काठमाण्डु,रोट्रयाक्ट क्ल्व अफ काकरभिट्टा र रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीले व्यवस्थापन गर्ने भएका छन् । 

वर्ष २०२०÷२१ डिष्ट्रिकको नेतृत्व सन्जिब पौडेलले गर्नुहुने भएको छ । ८५ बढी क्लवको सहभागिता रहेको कन्फरेन्समा १ हजार बढी रोट्रयाक्ट प्रतिनिधीको सहभागिता रहेको थियो । कार्यक्रममा खेलकुद सँगै साँस्कृतिक प्रस्तुतिद्धारा सम्पुर्ण रोटरी,रोट्रयाक्टहरुलाई मनोरञ्जन समेत प्रदान गरिएको थियो ।

Additional Photos


Contact Us

Get in touch and let's do something great together.

Where To Find Us



Mechinagar Nagarpalika,Jhapa
State One

Follow Us